नेपालमा पहिलो पटक नीजि कम्पनीले इन्धन ल्यायो, निगमले ल्याएको भन्दा ६ रुपैयाँ सस्तो पर्ने

काठमाडौं– नीजि कम्पनीले नेपालमा पहिलोपटक ईन्धन भित्राएको छ । पेट्रोलिमेक्स नामक नीजि कम्पनीले पहिलोपटक हवाईजहाज मार्फत हवाई ईन्धन ल्याएको हो । नेपाल आयल निगमसंग दँशै अगाडी ईन्धन आपूर्तिका लागि ठेक्का लिएको उक्त कम्पनीले बिहीबार दिउँसो हवाई ईन्धन ल्याएको कम्पनीले जनाएको छ । पेट्रोलिमेक्सले जोडर्न एयरलाइन्सको बोइङ ७६७ वाइडबडी बिमान चार्टंर गरी भारतको लखनउ स्थित ईण्डियन आयल कर्पोरेनको डिपोबाट ४२ हजार लिटर हवाई ईन्धन ल्याएको जनाएको छ । विभान बोकेको ईन्धन दिउँसो ४ बजेर ३ मिनेट जाँदा त्रिभुवन अन्तराष्ट्रिय विभानस्थलमा अवतरण गरेको थियो । प्लेनले विमानस्थलनमा अवतरण गर्ने अनुमति नपाउँदा करिब आधा घण्टा आकाशमा नै घुमेको कम्पनीले जनाएको छ । पहिलोपटक एउटा सानो विमानमार्फत हवाई ईन्धन ल्याएको कम्पनीले भोलीदेखि भने दुईवटा विमानमार्फत ईन्धन ल्याउने जनाएको छ । ‘भोलीदेखि एक खेपमा १ लाख ३० हजार लिटरका दरले दैनिक ६ लाख लिटर बढी ईन्धन ल्याउने योजना छ ।’ कम्पनीका सञ्चालक सिवाङ्गी राणाले बताईन् । यसअघि नेपाल वायुसेवा निगमले एयर लिफ्ट गरेर नेपालमा तेल भित्र्याएको थियो । बायूसेवाले प्रतिलिटर १ सय ८६ रुपैयाँमा ईन्धन भित्र्याएको थियो । तर पेट्रोलिमेक्सले भने प्रतिलिटर १ सय ८० रुपैयाँ पर्ने जनाएको छ । यो ईन्धन यसअघि नै तेल भित्र्याउन खोजे पनि कागजी प्रक्रिया लम्बिएको कारण ढिलाइ भएको कम्पनीका कानुनी सल्लाहकार सुर्य बिमलीले बताए । ठेक्का पाएको लामो समय भइसक्दा पनि कम्पनीले तेल नल्याएको भन्दै आलोचना समेत भएको थियो । आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालेले प्रक्रिया मिचेर कार्यसम्पादन धरौटी समेत नराखी पेट्रोलिमेक्सलाई हवाइ इन्धनको ठेक्का दिएका थिए । निगमले ६ हजार केएल ईन्धन ल्याउन पेट्रोलिमेक्ससंग सम्झौता गरेको छ । तर आफूहरुले देशलाई संकट परेको बेला आवस्यक मात्रामा हवाई ईन्धन ल्याउने विमलीले बताए ।

0 comments

Write Down Your Responses