रबिना फिल्म्स प्रडक्सनप्रालिको ब्यानरमा निर्मित नेपाली कथानक चलचित्र आसुँको पहिलो बिशेष सो तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ
भदौ । काठमाडौं । रबिना फिल्म्स प्रडक्सनप्रालिको ब्यानरमा निर्मित नेपाली कथानक चलचित्र आसुँको पहिलो बिशेष सो तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । सोमबार गोपीकृष्ण हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
प्रालिका प्रबन्ध निर्देशक रबिना खालिङको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिको रुपमा किरात राई चलचित्रकर्मी संघका अध्यक्ष दिवाज किराती राई रहनुभएको थियो ।
उक्त कार्यक्रममा जिमी राई उत्थान समाजका अध्यक्ष यस बहादुर राई, किरात खालिङ राई उत्थान संघका अध्यक्ष धन खालिङ, थुलुङ राई प्रतिष्ठानका अध्यक्ष निर्कुधन राई, किरात राई पत्रकार संघका उपाध्यक्ष भिम राई, एमाओबादी सोलुखुम्बुका अध्यक्ष कर्ज्याङ शेर्पा, नेपाली काङ्ग्रेस सोलुखुम्बुका सचिब भोजराज कार्की, काकु समाबेशी बिकास समितिका अध्यक्ष जसबहादुर राई, चलचित्र निर्देशक दिनेश पाख्रिनलगायत बिभिन्न संघसङ्स्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा पत्रकार, चलचित्र कर्मिदेखि बिभिन्न ब्यक्तित्वहरुको सहभागीता रहेको थियो । पत्रकार प्रकाश खालिङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा झन्डै ४ सयजनाको उपस्थिति रहेको थियो ।
